डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ « Khabarhub

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षका यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षका धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्।

विशेष खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। १२ वर्ष कैद सजाय तोकिएका विकको १० वर्ष ८ महिना र बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी थियो।

पक्राउ परेका दुवै जनामाथि कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् भने बाँकी दुई जना थुनुवाको तीव्र रूपमा खोजतलास जारी छ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : ५१ बजे

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)

काठमाडाैँ – हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी