मकाउका पूर्वसांसदलाई राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा साढे १२ वर्षको जेल सजाय « Khabarhub

मकाउका पूर्वसांसदलाई राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा साढे १२ वर्षको जेल सजाय


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्द इजलासमा भएको सुनुवाइपछि मकाउको एक अदालतले पूर्वसांसद औ काम सानलाई राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा साढे १२ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय औलाई राज्यको राजनीतिक सत्ताविरुद्ध विद्रोह गरेको र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने कार्य गर्न मकाउबाहिरका सङ्गठन तथा व्यक्तिहरूसँग सम्पर्क स्थापित गरेको अभियोगमा दोषी ठहर गरिएको हो।

अदालतका अनुसार औले लामो समयदेखि बाह्य शत्रुतापूर्ण सङ्गठनहरूलाई राज्यको राजनीतिक अधिकारविरुद्ध विद्रोहात्मक राजनीतिक दाबी भएका तस्बिर र सूचनाहरू सङ्कलन, तयारी तथा सार्वजनिक रूपमा प्रसारण गर्न व्यक्तिगत रूपमा सहयोग र सहकार्य गरेका थिए । उनले संविधानमा निहित राज्यको आधारभूत प्रणालीलाई कमजोर पार्ने र उल्ट्याउने उद्देश्यले मकाउका बासिन्दाहरूमाझ केन्द्रीय जनसरकारविरुद्ध घृणा फैलाउने प्रयास गरेको अदालतको ठहर छ।

सन् २००९ मा मकाउको राष्ट्रिय सुरक्षा कानुन लागू भएयता सन् २०२५ को जुलाईमा आफ्नै निवासबाट पक्राउ परेका औको यो नै पहिलो सार्वजनिक मुद्दा हो । सेप्टेम्बरमा बन्द इजलासमा भएको उनको सुनुवाइ तीन दिनमै सकिएको थियो ।

पक्राउ परेदेखि नै उनलाई परिवारको सम्पर्क र निजी वकिल राख्नबाट वञ्चित गरिएको उनकी परिवारले आरोप लगाएको छ। अदालतले भने राष्ट्रिय सुरक्षा हितमा असर नपरोस् भन्नका लागि खुला सुनुवाइ नगरिएको र उनलाई कानुनबमोजिम अदालतले नियुक्त गरेको वकिल उपलब्ध गराइएको जनाएको छ।

पोर्चुगलको दोहोरो नागरिकतासमेत लिएका पूर्वशिक्षक औले सन् २०२१ मा पद छोड्नुअघि २० वर्षसम्म मकाउको व्यवस्थापिकामा सांसदका रूपमा सेवा गरेका थिए। उनी सन् १९८९ को तियानमेन स्क्वायर घटनाको स्मृति सभाका आयोजकसमेत थिए।

परिवारलाई सहयोग गरिरहेका जस्टिस अब्रोडका निर्देशक माइकल पोलकले उक्त सुनुवाइलाई ‘नाटक’ को संज्ञा दिँदै पोर्चुगल र युरोपेली संघलाई औको रिहाइका लागि दबाब दिन आग्रह गरेका छन्। त्यस्तै, ह्युमन राइट्स वाचले यो फैसलाले शान्तिपूर्ण आलोचकहरूलाई त्रसित बनाउने सन्देश दिएको बताएको छ भने लन्डनमा रहेकी औकी छोरी चेरी औले मधुमेहका बिरामी रहेका आफ्ना बुवाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेकी छिन्।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : ११ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका