रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने « Khabarhub

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का आकांक्षीलाई आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।

पार्टीले बिहीबार जारी गरेको सूचनामा प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा पनि सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको पाइएको जनाएको छ।

यस्तो गतिविधिले नयाँ तथा अन्य आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने भन्दै रास्वपाले तत्काल सबै प्रकारका प्रचार सामग्री हटाउन र यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ।

उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एक पटक मात्रै पोस्ट गर्न सक्ने व्यवस्था रास्वपाले गरेको छ।

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने सदस्यले प्राइमरीसम्बन्धी सूचना प्रकाशित भएपछि मात्रै पार्टीको निर्वाचन आचारसंहिता अनुसार भद्र, मर्यादित र सीमित ढंगले प्रचार–प्रसार गर्न पाउने उल्लेख गरिएको छ।

पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले निर्वाचनसम्बन्धी आचारसंहिता तथा जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न पनि रास्वपाले भनेको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ३३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा