विवाहबारे ठट्टा गर्ने चिनियाँ कमेडियनलाई सामाजिक सञ्जालमा प्रतिबन्ध « Khabarhub

विवाहबारे ठट्टा गर्ने चिनियाँ कमेडियनलाई सामाजिक सञ्जालमा प्रतिबन्ध


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा विवाहका बारेमा ठट्टा गरेको भन्दै एक चर्चित स्ट्यान्ड-अप कमेडियनको सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । यस प्रतिबन्धपछि चीनमा चर्को बहस र आक्रोश निम्तिएको छ । चिनियाँ सामाजिक सञ्जाल वेइबोले शाओ पा भनेर चिनिने उइगुर समुदायकी कमेडियन पाजिलियायर पाहेरहाटीको खाता निलम्बन गरेको हो ।

चिनियाँ नयाँ वर्षका अवसरमा सञ्चालन गरिएको ‘साइबर स्पेस सफाइ अभियान’ अन्तर्गत उनीमाथि यो कारबाही गरिएको अधिकारीहरूले बताएका छन् । उनीमाथि लैङ्गिक द्वन्द्व बढाएको र विवाह तथा सन्तान जन्मका विषयमा मानिसहरूमा डर र चिन्ता फैलाउने सामग्री पोस्ट गरेको आरोप लगाइएको छ ।

प्रशासनले सार्वजनिक मामिलामा छलफल गर्दा लैङ्गिक विषयलाई नजोड्न र घृणा फैलाउने खालका पोस्ट नगर्न प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ। चीनको साइबर नियामक निकायले नयाँ वर्षको बिदामा सकारात्मक वातावरण बनाउने उद्देश्यले जारी गरेको निर्देशनमा विवाह र सन्तान उत्पादनको विरोध गर्ने वा पुरुष र महिलाबीच मनमुटाव सिर्जना गर्ने अकाउन्टहरूमाथि कारबाही गर्न भनिएको थियो।

शाओ पालाई कारबाहीमा पार्ने उनको पोस्टमा उनले लेखेकी थिइन्— “मलाई दुई दिनदेखि ज्वरो आइरहेको छ, र मैले सोचेँ कि यदि मेरो श्रीमान् र छोराछोरी हुन्थे भने त मैले भित्तामा अडेस लागेर भए पनि उनीहरूका लागि खाना पकाउनु पर्थ्यो होला ।” सामान्य लाग्ने यो ठट्टालाई चिनियाँ अधिकारीहरूले ‘अस्वस्थ मूल्य-मान्यता’ र ‘विवाह विरोधी सोच’ प्रवर्द्धन गरेको भन्दै प्रतिबन्ध लगाएका हुन्।

यो घटनापछि चीनमा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथिको कडा सेन्सरसिपलाई लिएर अनलाइन प्रयोगकर्ताहरूले व्यापक आलोचना गरिरहेका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : १८ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६