पाक-अफगान संघर्षका कारण हजारौँ परिवार विस्थापित « Khabarhub

पाक-अफगान संघर्षका कारण हजारौँ परिवार विस्थापित


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा विगत केही दिनदेखि जारी भीषण गोलाबारी र सशस्त्र संघर्षका कारण हजारौँ परिवार विस्थापित भएका छन् । यो पछिल्लो केही वर्षयताकै सबैभन्दा खराब सीमा द्वन्द्व मानिएको छ । यस द्वन्द्वमा दुवै देशका सेनाले भारी हतियार, ड्रोन, हवाई हमलाको प्रयोग गरिरहेका छन् ।

द्वन्द्वका कारण विशेषगरी सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । पछिल्लो समय पाकिस्तानले अफगानिस्तानका मुख्य सहरहरू र सैन्य अखडाहरूमा हवाई आक्रमण गरेपछि यो तनावले ‘खुल्ला युद्ध’ को रूप लिएको हो ।

पाकिस्तानले आफ्नो भूमिमा आक्रमण गर्ने चरमपन्थी समूहहरूलाई अफगानिस्तानले संरक्षण दिएको आरोप लगाउँदै आएको छ भने तालिबान सरकारले त्यसलाई अस्वीकार गर्दै आफ्नो सार्वभौमिकतामाथि प्रहार भएको बताएको छ । यसै क्रममा अफगानिस्तानले पाकिस्तानको रावलपिण्डीस्थित नूर खान एयरबेस र अन्य सैन्य क्षेत्रहरूमा ड्रोनमार्फत जवाफी प्रहार गरेको दाबी गरेको छ ।

रमजानको पवित्र महिनामा भइरहेको यो युद्धले मानवीय संकट झन् गहिरो बनाएको छ । स्थानीय बासिन्दाका अनुसार दिउँसो शान्त भए पनि साँझ ‘इफ्तार’ (व्रत तोड्ने समय) को बेला गोलाबारी तीव्र हुने गरेको छ ।

संयुक्त राष्ट्र संघ र अन्य मानव अधिकारवादी संस्थाहरूले हालसम्म १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भइसकेको र दर्जनौँ सर्वसाधारणले ज्यान गुमाएको बताएका छन् । टर्की र चीन जस्ता देशहरूले यस द्वन्द्व अन्त्यका लागि मध्यस्थताको प्रस्ताव गरे पनि सीमामा तनाव अझै कम हुन सकेको छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ३४ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक

एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने