दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण « Khabarhub

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को नतिजा नेपालको पक्षमा देखिएको छ ।

नेपाली खेलाडी प्रिन्स दाहालले दोहोरो स्वर्ण पदक हात पारे । पुरुष एकलतर्फको प्रतिस्पर्धामा आयोजक राष्ट्र पाकिस्तानलाई पराजित गर्दै उनले स्वर्ण पदक उचालेका हुन् ।

दाहालले २१–९, १२–२१ र २१–६ को सेटमा जित निकालेका हुन् ।

त्यस्तै, दाहालले मिक्स डबल्समा रसिला महर्जनसँग जोडी बनाउँदै नेपालका लागि अर्को स्वर्ण पदक थपे ।

नेपाली खेलाडीहरूले स्वर्णका साथै रजत र काँस्य पदक पनि उपस्थिति बनाए ।

पुरुष डबल्समा प्रिन्स दाहाल र क्षितिज खनालको जोडीले रजत पदक जिते । मिक्स टिम इभेन्टमा पनि नेपालले रजत पदक हात पार्यो । मिक्स टिममा प्रिन्स, क्षितिज, रसिला र शेस्ना श्रीपाली सामेल थिए ।

महिला एकलतर्फ रसिलाले काँस्य पदक जितिन् । महिला डबल्समा रसिला र शेस्नाको जोडीले अर्को काँस्य पदक हात पर्‍यो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६