भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह « Khabarhub

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरिन आह्वान गरेको छ ।

दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुधे प्रस्ताव बमोजिम  इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरे पछि यो आह्वान आएको हो ।

इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण बुधा भने इरानको आणविक कार्यक्रमको विषय हो जुन लामो समय देखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय बीच विवादको केन्द्रबिन्दु बनेको छ । तेहरानले  यस कार्यक्रमका सबै प्रतिबन्धहरू हटाउने लगायत आर्थिक राहतको आह्वान गरेको छ, जसले वर्षौंदेखि इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ ।

यसै गरी तेहरानले द्वन्द्व अवधिमा भएको क्षतिको लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी गर्न आह्वान गर्दै वित्तीय क्षतिपूर्तिका लागि जोड दिएको छ । इरानले आफ्नो क्षेत्रबाट अमेरिकी लडाकु सेना फिर्ता लिन र लेबनानसहितका क्षेत्रमा युद्धको अन्त्य गर्न माग गरेको जनाइएको छ ।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ३० बजे

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।