यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना « Khabarhub

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा आयोजना हुन लागेको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले उक्त महाधिवेशनले समग्र यातायात क्षेत्रको सुधार, नीतिगत स्पष्टता तथा दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गरे ।

शुभकामना सन्देशमा उनले यातायात क्षेत्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष रूपमा जोडिएको आधारभूत क्षेत्र भएको उल्लेख गरेका छन् ।

उनले यातायात क्षेत्रको आधुनिकीकरण, व्यवस्थापन सुधार तथा सेवामुखी रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औंल्याए ।

महाधिवेशनले यातायात क्षेत्रसँग सम्बन्धित विषयमा गहन छलफल गरी व्यवहारिक तथा प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा समेत मन्त्री लम्सालले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : २१ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक