अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण « Khabarhub

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि सैन्य तनाव उत्पन्न भएको छ । बिहीबार दुवै देशले एकअर्कामाथि आक्रमण गरेको पुष्टि गरेका छन् । यद्यपि, इरानले अवस्था सामान्य भइसकेको जनाएको छ भने अमेरिकाले थप तनाव नचाहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गरेका छन् । तर उनले सामाजिक सञ्जालमार्फत इरानले अमेरिकासँग सम्झौता नगरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिका अझै इरानसँग वार्तामा रहेको बताए ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी नौसेनाका मिसाइल विनाशक जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै गल्फ अफ ओमानतर्फ गइरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि इरानभित्र हवाई आक्रमण गरिएको हो । इरानले फेब्रुअरी अन्त्यदेखि जारी अमेरिका–इजरायल युद्धपछि विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्दै आएको छ ।

उता इरानको संयुक्त सैन्य कमाण्डले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै इरानी तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ । साथै, क़ेश्म टापु र बन्दर खामिर सिरिक आसपासका तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको इरानको दाबी छ ।

इरानी सेनाले त्यसको जवाफस्वरूप स्ट्रेट अफ होर्मुजको पूर्वी भाग तथा चाबहार बन्दरगाह दक्षिणतर्फ रहेका अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । खाताम अल-अनबिया सेन्ट्रल मुख्यालयका प्रवक्ताले उक्त आक्रमणबाट क्षति पुगेको दाबी गरेका छन् ।

तर, अमेरिकी सेनाले भने इरानबाट आएका सबै आक्रमणहरू अवरुद्ध गरिएको र कुनै पनि अमेरिकी सैन्य सम्पत्तिमा क्षति नपुगेको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ४१ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०