‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै « Khabarhub

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ  मनाइँदैछ । 

यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ । 

साथै, मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाको स्मरणका साथ  निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ ।

प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो ।  सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।

मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ । 

रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय संकटका समयमा लाखौँ स्वयंसेवकले सेवा प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : १७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा