लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ « Khabarhub

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरू विस्थापित रहेको जनाएका छन्। 

एक लाख २६ हजार मानिसहरूलाई देश भरका ६०० भन्दा बढी सामूहिक आश्रयमा राखिएको  उल्लेख गर्दै उनले अधिकांश विस्थापितहरू अझै आश्रय बाहिर नै रहेको बताएका छन् ।

 पत्रकारहरूसँगको दैनिक साक्षतकारको क्रममा उहाँले मार्च –२  देखि  संयुक्त राष्ट्र सङ्घले ११० वटा मानवीय समुह र मिसनहरूको सेवा प्रवाहलाई सहज बनाएको जनाएका छन् । यद्यपि, सहायता वितरण अपरेसनहरूले विभिन्न अवरोध, असुरक्षा, आवागमन प्रतिबन्ध, नागरिक पूर्वाधारमा क्षति लगायतका  समस्याको सामना गर्न बाध्य रहेको जनाइएको छ ।

लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलका शान्तिरक्षकहरूले शंकास्पद गतिविधिहरू अपरेसनहरू, लगायत यस क्षेत्र भरि इजरायली सेनाहरूद्वारा सञ्चालित सैन्य गतिविधिहरूको निगरानी जारी राखेको जनाइएको छ ।

जारी हिंसाबाट शान्तिरक्षक र संयुक्त राष्ट्रसंघीय सुरक्षा स्थलहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उनले चेतावनी दिए । इजरायली सैन्य गतिविधिको कारण शुक्रबार एल बियाडाको युनिफिल क्षेत्रका तीन वटा भवनहरूमा संरचनात्मक क्षति पुगेको तथा नजिकैका क्षेत्रहरूमा आगलागी समेत भएको जनाइएको छ ।

डुजारिकले बुधबार बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणकमा बालबालिका सहित नागरिकहरूको मृत्यु भएका रिपोर्टहरू उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। 

अप्रिलमा घोषणा गरिएको युद्धविराम पछि पनि लेबनानको राजधानीलाई लक्षित गरी भएको यो पहिलो आक्रमण भएको उनले उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ४१ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा