महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग « Khabarhub

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जेन–जी आन्दोलनपछि निर्मित बलियो सरकारले महिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालले संयुक्त आयोजनामा ‘लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक विषयमा अन्तरक्रिया’ कार्यक्रममा युवा नेतृत्वले महिलाको प्रतिनिधित्व बढाएर विश्वमा नमूना पेश गर्नुपर्ने माग राखेका हुन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सीड) की सदस्य वन्दना राणाले नेपालको जेन–जी आन्दोलनले विश्वको ध्यान केन्द्रित गरेको बताइन् । उनले कार्यक्रममा भनिन्, ‘अन्य देशमा जेन–जी आन्दोलन असफल भयो । तर, नेपालमा सफल मात्रै भएन । सरकार ढालेरै आफूले नेतृत्व लियो । यति बलियो नेतृत्वले महिलाको प्रतिनिधित्वलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्छ ।’

नेपालले महिला प्रतिनिधित्व बढाएर ‘ग्लोबल रेकर्ड’ बनाउनुपर्नेमा उनले जोड दिइन् । साथै, महिलामाथि हुने हिंसा डिजिटलमा रुपान्तरण भएको समयमा सामाजिक सञ्जालको नियमनमा पत्रकार, वकिल र नागरिक समाजले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । अन्तरक्रिया कार्यक्रममा महिला, कानुन र विकास मञ्चका अध्यक्ष तथा अधिवक्ता सविन श्रेष्ठले लैङ्गिक हिंसामा मुख्य यौन र प्रजनन् स्वास्थ्यको विषयमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले राज्यलाई जनसंख्या बढाउन र घटाउन आवश्यक परेमा महिलाकै प्रयोग हुने गरेको बताएका छन्, ‘कति जना बच्चा पाउने महिलाको इच्छाको कुरा हो । तर सरकारले नै जनसङ्ख्या आवश्यक पर्दा र नपर्दा महिलामाथि विभिन्न नीति नियम लागू गरेको देखिन्छ । महिलामाथि राज्यले नै हिंसा गरिरहेको छ ।’

नेपाल प्रहरीको तथ्याकं अनुसार ९१ प्रतिशत हिंसा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । नेपालमा हुने कूल हिंसाको आधारमा २९ प्रतिशत लैङ्गिक हिंसा हुने गरेको छ । त्यसैगरी, श्रेष्ठले नेपालमा अझैपनि गोप्य रुपमा ‘सरोगेट’ हुने गरेको खुलासा गरे । जसले महिलाको प्रजनन् अधिकारमाथि अर्को समूहले हस्तक्षेप गरेको उनको भनाइ छ ।

त्यसैगरी ‘लिभिङ टुगेदर’ को सम्बन्धमा पनि महिलाहरु अत्यधिक शोषणमा परेका कारण कानूनी जटिलतालाई सम्बोधन गर्नुपर्ने माग गरे । त्यसैगरी, वरिष्ठ अधिवक्ता मिरा ढुङगानाले नेपालमा महिलाको लागि प्रशस्त कानून बनेको भएपनि न्याइको पहूँचमा पीडित पुग नसकेको गुनासो गरेकी छिन् ।

उनले भनिन्, ‘कानूनको जटिलताको कारण महिलाहरु अदालत त परै जाओस् । पीडित प्रहरीकोमा उजुरी दिनसमेत पुग्न सकेका छैनन् । ठूलाठूला अपराधमा पनि महिलाहरु मेलमिलाप गर्न बाध्य छन् । यो सबै कानूनी साक्षरताको अभाव हो ।’

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : १४ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको