नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू) « Khabarhub

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

अहिलेलाई वरिष्ठ नेता पद लिएका उनले आगामी प्रदेश सभा निर्वाचनबाट कोशीको मुख्यमन्त्री हुने योजनासहित हर्कको पार्टीमा प्रवेश गरेका हुन् ।

लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच शुक्रबार सहमति भएको हो ।बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइएको छ ।

केही समयअघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्वमन्त्री किरातीसहित उनीसँगै अन्य नेताहरू पनि पनि शुक्रबार बागबजारमा आयोजित कार्यक्रममा श्रम संस्कृतिमा प्रवेश गरेका छन् । उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।

किरातीले गत फागुन २१ गतेको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए । सुदनको सहयोगमा सुनसरी १ बाट हर्कराज राई, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राईले चुनाव जिते ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : ४१ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६