नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो « Khabarhub

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताइन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचारविमर्श भएको थियो । भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गरे ।

उनले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकासलगायत क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे ।

राजदूत लोरेन्जोले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताएकी थिइन् । राजदूत रोरेन्जोले नेपाल–इयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : २२ बजे

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन्

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

ढाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय

राप्रपामा ठूलो विभाजन, १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको

विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु , ११ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा

विराटनगर महानगरका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर– विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।