शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता « Khabarhub

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबीच नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदारलगायत विषयमा छलफल भएको थियो ।

विशेषगरी उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो । भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्रा कार्यक्रममा सहकार्य र साझेदारिताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै दिनेगरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए । उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अष्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।

राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धकका बारेमा चासो व्यक्त गर्दै उनले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरूमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ३७ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको