पाकिस्तानमा धार्मिक अल्पसंख्यकमाथिको उत्पीडन र हिंसाप्रति राष्ट्रसंघ चिन्तित « Khabarhub

पाकिस्तानमा धार्मिक अल्पसंख्यकमाथिको उत्पीडन र हिंसाप्रति राष्ट्रसंघ चिन्तित


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायमाथि भइरहेको उत्पीडन र हिंसाप्रति पुनः गम्भीर चिन्ता व्यक्त गरेको छ । केही वर्षअघि राष्ट्रसंघका विशेषज्ञहरूले त्यहाँका सीमान्तकृत समुदायको अवस्थाबारे अनुसन्धान गरेका थिए । तर सन् २०२६ मा आइपुग्दा पनि ती गम्भीर समस्याहरू कायमै छन् ।

पाकिस्तानमा खासगरी इसाई, हिन्दु र शिख समुदायका बालिका तथा महिलाहरूलाई मुस्लिम पुरुषहरूद्वारा जबरजस्ती धर्म परिवर्तन गराउने र विवाह गर्ने प्रवृत्ति रहेको जनाइएको छ । यसका साथै अहमदिया जस्ता अल्पसंख्यक मुस्लिम समुदायहरूले पनि राज्यस्तरबाटै व्यवस्थित धार्मिक भेदभाव र उत्पीडनको सामना गरिरहेका छन् ।

पाकिस्तान विगत धेरै दशकदेखि मानव अधिकार उल्लंघनका विभिन्न घटनाहरूका कारण अन्तर्राष्ट्रिय निकायहरूको आलोचनाको केन्द्रमा रहँदै आएको छ । त्यहाँ बालबालिकाको बेचबिखन र यौन शोषण, महिलामाथि हुने हिंसा, ईशनिन्दा कानुनको दुरुपयोग, धार्मिक अल्पसंख्यकहरूको उत्पीडन र गरिब नागरिकहरूलाई चक्रव्यूहमा फसाउने बन्धक श्रमजस्ता आधुनिक दासताका रूपहरू व्याप्त छन् ।

केही वर्षअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले पाकिस्तानमा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लंघन गर्दै सानै उमेरका बालिकाहरूलाई परिवारबाट अपहरण गरी टाढा पुर्‍याइने, आफूभन्दा दोब्बर उमेरका पुरुषसँग विवाह गर्न र इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारिने गरेको जनाएका थिए । यस्तो कार्यमा धार्मिक संस्थाहरू, न्याय प्रणालीका केही पक्षहरू र सुरक्षा निकायहरूको पनि मिलेमतो रहने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : ४० बजे

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो

एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६