बंगलादेश चर्च बम विष्फोटको २५ वर्ष पूरा : पीडित अझै न्यायको पर्खाइमा « Khabarhub

बंगलादेश चर्च बम विष्फोटको २५ वर्ष पूरा : पीडित अझै न्यायको पर्खाइमा


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा इसाई अल्पसंख्यक समुदायमाथि भएको अहिलेसम्मकै ठूलो र भयानक आतंकवादी हमलाको २५ वर्ष पूरा भएको छ । यसै सन्दर्भमा क्याथोलिक धर्मावलम्बीहरूले विशेष प्रार्थना सभाको आयोजना गर्दै न्यायका लागि पुनः आवाज उठाएका छन् ।

गत जुन ३ तारिखका दिन गोपालगञ्ज जिल्लाको बानियाचारस्थित ‘मस्ट होली रिडिमर क्याथोलिक चर्च’ मा विशेष स्मृति सभा आयोजना गरिएको थियो । उक्त सभामा सहभागी क्याथोलिकहरूले मृतकहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्थानीय पादरी फादर डेभिड घारामीले प्रार्थना सभापछि सबैजना चिहानमा पुगेर मृतकहरूको त्यागको सम्मान गरेको जानकारी दिए। यो घटना भएको २५ वर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन्, जसका कारण स्थानीय समुदायमा अझै पनि निराशा र आक्रोश व्याप्त छ।

पादरी घारामीले आफ्नो सन्देश न्यायमा मात्र सीमित नरहेको बताउँदै समाजमा सहनशीलता, सम्मान र करुणा हुनुपर्नेमा जोड दिए । उनले सबै प्रकारका हिंसा र कट्टरपन्थको निन्दा गर्दै शान्ति र सद्भावका साथ जिउन पाउनुपर्ने माग गरे ।

सन् २००१ जुन ३ का दिन आइतबारको प्रार्थना भइरहेका बेला खचाखच भरिएको उक्त चर्चमा बम विष्फोट भएको थियो । सो विष्फोटमा १० जना क्याथोलिकको ज्यान गएको थियो भने करिब ५० जना घाइते भएका थिए ।

उक्त आक्रमणको जिम्मेवारी हरकत-उल-जिहाद (हुजी) नामक प्रतिबन्धित इस्लामिक आतंकवादी समूहले लिएको थियो । चर्चमा भएको यस विष्फोटको अनुसन्धान भने लामो समयदेखि रोकिएको छ । अनुसन्धान अधिकारीहरू बारम्बार परिवर्तन भइरहँदा मुद्दाको प्रगति सुस्त बनेको हो ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : ४० बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी