सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु « Khabarhub

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ । 

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गर्नुभएको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । 

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो ।

सेवाको उद्‌घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए। 

सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्दै लगिने जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ । 

त्यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पुर्‍याउने छन् ।

सरकारले त्यस व्यवस्थालाई औपचारिकता वा तत्कालिक सुरुआतमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ स्रंकल्प लिएको प्रवक्ता अर्यालले बताए। 

सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि बिनाझन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा आगामी दिनमा देशभरका अन्य सरकारी निकायले पूर्ण कार्यान्वयन गर्नेछन् । 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ३७ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण