राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन « Khabarhub

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । 

बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए । आफूहरूले लामो समय सदनमा विरोध जनाउँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ । 

उनले प्रतिपक्षले उठाएका मागहरूलाई लगातार बेवास्ता गरिए आन्दोलन जारी रहने भन्दै संवाद र सहमतिका आधारमा अघि बढ्न सुझाव समेत दिए । 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ५८ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट