नाटोको भूमिकाप्रति निराश रहेको ट्रम्पको टिप्पणी « Khabarhub

नाटोको भूमिकाप्रति निराश रहेको ट्रम्पको टिप्पणी


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य तनावका क्रममा नाटो सदस्य राष्ट्रहरूको भूमिकाप्रति आफू निराश भएको बताएका छन्। उनले उक्त सङ्कटलाई सहयोगी राष्ट्रहरूको प्रतिबद्धता परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गरेको पनि खुलासा गरेका छन्।

टर्कीको राजधानी अङ्कारामा नाटो शिखर सम्मेलनअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका आवश्यक पर्दा आफ्ना सहयोगीहरूको पक्षमा उभिने गरेको भए पनि उनीहरू अमेरिकाका लागि कति प्रतिबद्ध छन् भन्ने विषय आफूले परीक्षण गर्न खोजेको बताए।

‘हामीलाई उनीहरूको सहयोग आवश्यक थिएन, तर उनीहरू वास्तवमै अमेरिकाका लागि उभिन्छन् कि उभिँदैनन् भन्ने हेर्न चाहन्थें,’ ट्रम्पले भने।

उनले इरानविरुद्धको अमेरिकी अभियानका क्रममा केही नाटो सदस्य राष्ट्रहरूले आफ्ना हवाई अड्डा प्रयोग गर्न नदिएको र रणनीतिक हर्मुज जलघाँटीको सुरक्षामा सैन्य सहयोग गर्न अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। दोस्रो विश्वयुद्धपछि अमेरिकी सुरक्षा छातामुनि रहेका साझेदार राष्ट्रहरूले आफ्नो प्रतिबद्धता व्यवहारमै देखाउनुपर्ने उनको भनाइ थियो।

ट्रम्पले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीप्रति व्यक्तिगत सम्मान रहेको उल्लेख गर्दै इरान र हर्मुज जलघाँटीसम्बन्धी अमेरिकी रणनीतिमा इटालीले अपेक्षित साथ नदिएकाले द्विपक्षीय सम्बन्धमा केही असहजता आएको स्वीकार गरे। ‘उहाँ राम्रो व्यक्ति हुनुहुन्छ, तर यस विषयमा उहाँले गल्ती गर्नुभयो,’ ट्रम्पले भने।

उनले अमेरिकासँग पर्याप्त ऊर्जा स्रोत भएकाले हर्मुज जलघाँटीमा निर्भर हुनुनपर्ने दाबी गर्दै विश्वव्यापी ऊर्जा आपूर्ति र स्थायित्व कायम राख्न अमेरिका सक्रिय रहेको बताए। युरोपका धेरै देश ऊर्जा आपूर्तिका लागि उक्त जलमार्गमा बढी निर्भर रहेकाले उनीहरूको अनिच्छा स्पष्ट देखिएको पनि उहाँको भनाइ थियो।

यसैबीच, ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगनको प्रशंसा गर्दै इरानसँग सम्बन्धित क्षेत्रीय अवस्थाबारे उनको बुझाइ महत्त्वपूर्ण रहेको उल्लेख गरे। टर्कीले प्रत्यक्ष सैन्य संलग्नता नगरी तनाव कम गर्ने कूटनीतिक प्रयासमा रचनात्मक भूमिका खेलेको उनले बताए।

ट्रम्पले इरानविरुद्धको अमेरिकी कारबाहीलाई पूर्ण युद्ध नभई आणविक निःशस्त्रीकरणका लागि गरिएको लक्षित सैन्य अभियानको संज्ञा दिँदै टर्कीले पर्याप्त सैन्य क्षमता हुँदाहुँदै पनि प्रत्यक्ष युद्धमा सहभागी नहुने नीति अवलम्बन गरेको उल्लेख गरे।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ५९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन