अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए « Khabarhub

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले राष्ट्रपति पेजेस्कियन तेहरान फर्किएको जनाएको छ।

पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकको नजफ पुगेका थिए। तर होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध श्रृङ्खलाबद्ध सैन्य कारबाही सुरु गरेसँगै उनले भ्रमण बीचमै स्थगित गरी स्वदेश फर्किएका हुन्।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यापारिक जहाजहरूलाई लक्षित गरिएको इरानी आक्रमणको जवाफस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यविरुद्ध शक्तिशाली आक्रमण गरिएको जनाएको छ।

सेन्टकमका अनुसार इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने तीन वटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि प्रतिकारात्मक सैन्य कारबाही गरिएको हो। सेन्टकमले इरानको कदमलाई ‘अनावश्यक, खतरनाक र युद्धविरामको स्पष्ट उल्लङ्घन’ भएको आरोप लगाएको छ।

यसैबीच, दक्षिणी इरानको सिरिक र केशम आसपासका क्षेत्रमा पनि विस्फोट भएका खबर सार्वजनिक भएका छन्। अल जजिराका अनुसार व्यावसायिक तथा माछा मार्ने घाटलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार भएपछि सिरिक बन्दरगाह क्षेत्रमा लगातार विस्फोट भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस घटनाक्रमअघि अमेरिकाले इरानलाई कच्चा तेल तथा सम्बन्धित उत्पादनको उत्पादन, बिक्री र ढुवानीका लागि अगस्ट २१ सम्म दिएको अस्थायी अनुमति पनि मङ्गलबार रद्द गरेको थियो। चरणबद्ध वार्तामार्फत द्वन्द्व समाधानको प्रयास भइरहेका बेला भएको पछिल्लो सैन्य कारबाहीले तेहरानमाथिको अन्तर्राष्ट्रिय दबाब थप बढाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १ : २५ बजे

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, नयाँ सम्झौता नहुने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको