जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण « Khabarhub

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ । 

पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलब्ध गराइएको हो । 

स्वास्थ्य संस्थामा नगई घरमा नै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्ने  र  आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएका नौ वटा वडाका १४९ जनालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

‘विसं २०८२ साउनदेखि असार मसान्त तेस्रो हप्तासम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको हो’, उनले भने, ‘पालिकाकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौ ।’

सुत्केरी तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । 

महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श दिने गरिएको बताइन् । 

  पालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको बताउनुभयो । उपाध्यक्ष दीपक आचार्यले महिलालाई स्वास्थ्यप्रति सजग बनाउँदै आमा र बच्चालाई स्वस्थ्य राख्नका लागि ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ लागु गरिएको बताए ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : ४५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान