प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा « Khabarhub

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन् । 

नेपाल सरकारका सचिव पुष्करले सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त (जगेडा) समूहमा रहेकै अवस्थामा उनी सेवाबाट बिदा भएका हुन् ।

पुष्कर २०७८ असार २४ गते सचिव पदमा बढुवा भएका थिए । निजामती सेवामा २०५३ माघ १७ गते बाट सुरु गरेका उनले सचिवका रूपमा अर्थ मन्त्रालय, राजस्व सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपराष्ट्रपतिको कार्यालय जस्ता महत्त्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालेका थिए ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा उनले राजदूत नियुक्तिको आवेदनका विषयमा जानकारी माग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई एसएमएस पठाएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ समेत गरेको थियो । 

उक्त घटनापछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानेको थियो र उनी कुनै जिम्मेवारीमा नफर्कीकनै अवकाशमा गएका हुन् ।

२०३१ साउन १३ गते जन्मिएका पुष्करले ५२ वर्ष नपुग्दै र ३० वर्षे सेवा अवधि पूरा नहुँदै सचिव पदबाट अवकाश पाएका हुन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : २१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान