असार नसकिँदै रित्तियो आँप « Khabarhub

असार नसकिँदै रित्तियो आँप


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो । तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् । महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो । जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन् । आँपलाई फलको राजा मानिन्छ ।

जेठ मध्यदेखि १५ असारसम्म बम्बई, असार १५ देखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्नासाथ कलकितया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलावखाससहितका आँपको मौसम सुरु हुन्छ । तर यसपालि पाक्ने मध्य बेलामै आँपक बोट खाली भइसकेको भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह बताउछन् ।

“हेर्नुहोस् न ! बगैँचामा पछि पाक्ने आँप पनि थिए, तर असार–१५ ताका नै बगैचा रित्तोभयो” । साहले भने, “बगैँचा ठेकेदारलाई बेचियो, सबै आँप टिपेर लगे” । साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दियासहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकिएका छन् । यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अचाक्ली गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सड्दै झर्ने क्रम बढेपछि समयअघि नै बेच्नुपरेको अर्का किसान गङ्गाराम महतोले बताए ।

भदौमा पाक्ने अभिया र भदैयाँसहितका आँपका बोट पनि असार नसकिँदै रित्तिएका छन् । पछि पाक्ने आँप पहिले नै बिक्री गर्दा त्यसलाई पकाउन कार्बाइडको प्रयोग गर्नुपर्छ । बोटमै पाकेको आँप स्वादिष्ट र स्वस्थ्यकर हुन्छ । तर, किसानको धानखेतीको समय सुरु भएकाले चाँडै अन्य काम सक्नका लागि आँप पाक्ने समय नहुँदै आँप बेचेर रोपाइँमा किसान लागेका बर्दिबास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउँछन् ।

महोत्तरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आँपको बगैँचा फैलिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यहाँका आँप किसान नजिकै आँप प्रशोधन उद्योग र चिस्यानघर नहुँदा हतारमै आँप बिक्री गर्न बाध्य छन् । ग्रामीण किसानका यो समस्या यहाँको स्थानीय सरकारले नसुनेको गौशाला–१० बटुवाका ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह बताउँछन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : ४२ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई