आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री « Khabarhub

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विद्युत उत्पादनमा मात्र केन्द्रित नभई त्यसको माग वृद्धि र प्रभावकारी उपयोगमा पनि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि आन्तरिक विद्युत खपत बढाउने उद्देश्यले आवश्यक नीतिगत सुधारका योजना तयार गर्न नियामक निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए।

उनले विद्युत उत्पादनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय प्रसारण प्रणाली (ग्रीड) मा थपिँदै गएको नयाँ उत्पादन क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्दै प्रभावकारी रूपमा खपत गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताए।

मन्त्री श्रेष्ठले विद्युत आपूर्तिमा देखिने अवरोध तथा पटक–पटक बत्ती जाने समस्यालाई अन्त्य गर्न भरपर्दो र मजबुत विद्युत प्रणाली विकास गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उल्लेख गरे।

विद्युत निर्यातको सम्भावनाबारे बोल्दै उनले नेपालले भारत र बङ्गलादेशमा मात्र सीमित नरही भविष्यमा म्यानमार र थाइल्यान्डजस्ता पूर्वी एसियाली बजारसम्म पनि नेपाली विद्युत निर्यात गर्ने दीर्घकालीन योजना अघि बढाएको बताए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ०३ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान