दोलखामै पहिलोपटक स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा विस्तार हुँदै  « Khabarhub

दोलखामै पहिलोपटक स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा विस्तार हुँदै 


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाका नागरिकले जग्गासम्बन्धी कामका लागि सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

गाउँपालिकाले साउनदेखि आफ्नो प्रशासनिक कार्यालय पाँडुडाँडाबाटै नापी तथा मालपोत अन्तर्गतका भूमि तथा प्रशासन सेवा सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ ।

वर्षौंदेखि स्थानीयले जग्गा नापजाँच, कित्ताकाट, नामसारी, नक्सासम्बन्धी प्रक्रिया तथा जग्गा रोक्का मालपोत र नापीसम्बन्धी सेवा लिन चरिकोटस्थित कार्यालय पुग्नुपर्ने अवस्था थियो ।

सामान्य कामका लागि पनि दिनभर समय खर्चिनुका साथै यातायात र अन्य खर्च व्यहोर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सेवा सञ्चालनका लागि आवश्यक कार्यालय व्यवस्थापन सम्पन्न गरिसकेको छ भने आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वयसमेत गरिसके गाउँपालिकाले जनाएको छ । अपुग कर्मचारी गाउँपालिकाबाटै व्यवस्थापन गर्नेगरि सेवा विस्तारको तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

‘गाउँ–गाउँमा सिंहदरबार’लाई व्यवहारमै उतार्ने प्रयास 

गाउँपालिका अध्यक्ष छबि लामाले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई आफ्नै गाउँबाट सहज रूपमा सिंहदरबार सरहको सरकारी सेवा उपलब्ध गराउनु भएको बताउँदै भूमि व्यवस्थापन तथा प्रशासनिक सेवा विस्तार त्यसैको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनका अनुसार स्थानीयले सानो–सानो जग्गासम्बन्धी कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले लामो समयदेखि पहल गर्दै आएको थियो । अब साउन पहिलो सातादेखि पालिकाबाटै सेवा प्रवाह सुरु भएपछि नागरिकले धेरै सहजता महसुस गर्ने विश्वास गरिएको छ। 

गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई व्यवहारमा उतार्ने हाम्रो प्रयास हो। स्थानीय सरकारले दिन सक्ने सेवा नागरिकको घर आँगनमै पुर्‍याउनुपर्छ भन्ने मान्यताअनुसार भू–सेवा सञ्चालन गर्न लागेको उनले बताए ।

एउटै भवनमा गाउँपालिका तथा भूमि प्रशासन तथा नापी कार्यालय 

वैतेश्वर गाउँपालिकाका अमीन राजेश गिरीका अनुसार गाउँपालिकाको प्रशासनिक भवनको भुइँतलामा रहेका चारवटा कोठामा भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाहको लागि आवश्यक लेआउट सहितको पूर्वाधार तयार गरिएको छ । 

नापी तथा मालपोत कार्यालयका लागि आवश्यक फर्निचर, उपकरण, अभिलेख व्यवस्थापन,इन्टरनेट तथा सेवा सञ्चालनका आधारभूत तयारी पूरा भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक कर्मचारी माग गरिसकिएको छ। कर्मचारी खटिएसँगै हाल नापी कार्यालय चरिकोट र मालपोत कार्यालय चरिकोटबाट उपलब्ध हुँदै सेवाहरू पालिकाबाटै प्रवाह हुनेछन् ।

यसबाट नागरिकले एउटै कामका लागि पटक–पटक चरिकोट धाउनुपर्ने, कागजात मिलाउन धेरै दिन कुर्नुपर्ने तथा अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।

दोलखाका नौ स्थानीय तहमध्ये पहिलो

भूमि व्यवस्थापन तथा नापी सम्बन्धी सेवा सञ्चालनसँगै वैतेश्वर गाउँपालिका दोलखाका नौ स्थानीय तहमध्ये आफ्नै कार्यालयबाट नापी तथा मालपोतसम्बन्धी सेवा सञ्चालन गर्ने पहिलो स्थानीय तह बन्ने भएको छ । स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा यो कदमलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने, सरकारी सेवामा पहुँच बढ्ने तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्राप्त हुने विश्वास गाउँपालिकाले लिएको छ । 

स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकार बनाउने अभियानमा वैतेश्वर गाउँपालिकाको यो पहल दोलखाका अन्य स्थानीय तहका लागि समेत उदाहरणीय बन्न सक्ने अपेक्षा गरिएको छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि भूमि व्यवस्थापन तथा प्रशासन सेवा पालिकामै ल्याउन लागेको मालपोत तथा नापी कार्यालयले जनाएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ५२ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,