प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पुनः सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँस गरी बैठक बिहीबार बिहान ११ बजेका लागि तय गरेका हुन् ।

यसअघि बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो। उक्त प्रस्ताव पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

पछि संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश स्थगित भएको बैठक पुनः सञ्चालन हुन नसकेकाले प्रतिनिधिसभा नियमावली बमोजिम सभामुखले बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ३८ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान