प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पुनः सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँस गरी बैठक बिहीबार बिहान ११ बजेका लागि तय गरेका हुन् ।

यसअघि बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो। उक्त प्रस्ताव पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

पछि संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश स्थगित भएको बैठक पुनः सञ्चालन हुन नसकेकाले प्रतिनिधिसभा नियमावली बमोजिम सभामुखले बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ३८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको