रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह « Khabarhub

रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा समावेश गरिएका कारबाहीसम्बन्धी प्रावधानलाई फरक ढंगले व्याख्या गर्न नहुने बताएका छन्।

बुधबार सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले संशोधित विधान कुनै एक व्यक्तिको इच्छाअनुसार नभई केन्द्रीय समितिमा व्यापक छलफलपछि पारित गरिएको दस्तावेज भएको बताए।

उनले विधानमा रहेका प्रावधानलाई कुनै व्यक्ति वा पदलाई लक्षित गरेर नभई संस्थागत व्यवस्था सुदृढ बनाउने उद्देश्यका साथ समावेश गरिएको स्पष्ट पारे।

उनका अनुसार विधानमा सभापतिदेखि साधारण सदस्यसम्मको चयन प्रक्रिया, जिम्मेवारी तथा पदबाट हट्नुपर्ने अवस्थासमेत स्पष्ट रूपमा उल्लेख गरिएको छ। अन्य पदाधिकारीसरह संसदीय दलको नेताको पद अन्त्य हुने अवस्थाबारे पनि विधानमा व्यवस्था गरिएको उनले बताए।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सकिने प्रावधानबारे उठेका प्रश्नमा पराजुलीले उक्त व्यवस्थाको अपव्याख्या गर्न खोजिएको टिप्पणी गरे।

उनले विधान निर्माण गर्दा कुनै निश्चित व्यक्ति वा वर्तमान पदाधिकारीलाई केन्द्रमा नराखी भविष्यमा पार्टीलाई अझ प्रभावकारी, व्यवस्थित र संस्थागत रूपमा अघि बढाउने उद्देश्य राखिएको बताए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ५३ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र