रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह « Khabarhub

रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा समावेश गरिएका कारबाहीसम्बन्धी प्रावधानलाई फरक ढंगले व्याख्या गर्न नहुने बताएका छन्।

बुधबार सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले संशोधित विधान कुनै एक व्यक्तिको इच्छाअनुसार नभई केन्द्रीय समितिमा व्यापक छलफलपछि पारित गरिएको दस्तावेज भएको बताए।

उनले विधानमा रहेका प्रावधानलाई कुनै व्यक्ति वा पदलाई लक्षित गरेर नभई संस्थागत व्यवस्था सुदृढ बनाउने उद्देश्यका साथ समावेश गरिएको स्पष्ट पारे।

उनका अनुसार विधानमा सभापतिदेखि साधारण सदस्यसम्मको चयन प्रक्रिया, जिम्मेवारी तथा पदबाट हट्नुपर्ने अवस्थासमेत स्पष्ट रूपमा उल्लेख गरिएको छ। अन्य पदाधिकारीसरह संसदीय दलको नेताको पद अन्त्य हुने अवस्थाबारे पनि विधानमा व्यवस्था गरिएको उनले बताए।

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सकिने प्रावधानबारे उठेका प्रश्नमा पराजुलीले उक्त व्यवस्थाको अपव्याख्या गर्न खोजिएको टिप्पणी गरे।

उनले विधान निर्माण गर्दा कुनै निश्चित व्यक्ति वा वर्तमान पदाधिकारीलाई केन्द्रमा नराखी भविष्यमा पार्टीलाई अझ प्रभावकारी, व्यवस्थित र संस्थागत रूपमा अघि बढाउने उद्देश्य राखिएको बताए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ५३ बजे

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान