बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ? « Khabarhub

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका विकास प्राधिकरणको रिक्त विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गरिएको जानकारी दिए । यस्तै सरकारले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । साथै, सरकारले ’विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ र ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ समेत स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले प्रशासनिक तथा कानुनी सुधारका क्रममा ’कारागार नियमावली, २०८३’ लाई स्वीकृत गरेको छ । यसका साथै देशमा मानव अधिकार र सुशासनको अवस्था सुदृढ बनाउनका लागि मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजनालाई समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : ०० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व