विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग « Khabarhub

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दर्ता गरेको छ।

इजिप्ट फुटबल सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै उनीहरूमाथि छानबिन गर्न तथा प्रतियोगिताबाट हटाउन माग गरेको जनाएको छ।

अर्जेन्टिनासँग ३–२ ले पराजित भएको उक्त खेलमा इजिप्ट १–० ले अघि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो। रेफ्रीले गोलअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै आफ्नो निर्णय परिवर्तन गरेका थिए।

इजिप्टले एन्जो फर्नान्डेजको निर्णायक गोलअघि अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ।

सङ्घले खेलका केही भिडियो फुटेज समीक्षा गर्न अस्वीकार गरिएको आरोपसमेत लगाएको छ। ती फुटेजले इजिप्टको वैध गोल र पेनाल्टीको दाबी पुष्टि गर्ने विश्वास सङ्घको छ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि खेलपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नो टोली अन्यायमा परेको टिप्पणी गरेका थिए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको