सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ « Khabarhub

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले रावललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको हो ।

साइबर ब्यूरोका सूचना अधिकारी एसपी दिलीप कुमार गिरीका अनुसार रावलविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलालाई अनर्गल गालीगलौज गरेको आरोप लागेको छ। सोही आरोपका आधारमा उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरती रावल यसअघि निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा अदालतले भुवन गिरीलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : १७ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित