सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा « Khabarhub

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका नगरपालिकाअन्तर्गतका चिलिया र श्रीलङ्का टापुका बासिन्दा हरेक बर्खामा सप्तकोशीको बाढी र कटानको दोहोरो त्रासमा बस्न बाध्य छन्।

स्थानीय पदम राईका अनुसार बर्सेनि नदी बस्तीतर्फ ढल्कँदै आएको छ। हाल स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको संयुक्त श्रमदानमा बालुवा र सिमेन्टका बोरा, बाँस तथा नाइलनको डोरी प्रयोग गरी अस्थायी तटबन्ध निर्माण भइरहेको छ। तर, कोशीको ठूलो बहावसामू यी प्रयास अस्थायी मात्र साबित हुने गरेका छन्।

सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार नदी नियन्त्रणका लागि पहिले बनाइएका १८ मध्ये ९ वटा स्पर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। हालै कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले ५ हजार ५ सय थान बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले चिलिया र श्रीलङ्का टापुका करिब ६ सय घरपरिवार कटानको प्रत्यक्ष जोखिममा रहेको बताएका छन्। सप्तकोशीले धार पश्चिमतर्फ मोड्ने सङ्केत देखाएकाले तल्लो तटीय बाक्लो मानव बस्ती जोखिममा परेको छ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले नगरको सीमित स्रोत र साधनबाट जेसिभी, ट्याक्टर र अन्य सामग्री परिचालन गरी अस्थायी रोकथाम गरिए पनि यो राष्ट्रिय सरोकारको विषय भएकाले सङ्घीय सरकारले वैज्ञानिक अध्ययनका आधारमा स्थायी ड्याम र नोच निर्माण गर्नुपर्ने बताए। करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रका बासिन्दाको मुख्य पेसा कृषि र पशुपालन रहेकाले कटानले उनीहरूको जीविकोपार्जनमै सङ्कट थपेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ०५ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका