तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी « Khabarhub

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्दै शताब्दीयौँ पुरानो बुनाइ परम्पराको संरक्षणमा योगदान पुर्‍याएको छ ।

‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन् । 

सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ ।

तिब्बती कालीगढ पासाङले सन् २००८ मा स्थापना गरेको उक्त सहकारीमा अपाङ्गता भएका व्यक्तिसहित एक सयभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।

सहकारी ‘जेटर’ उत्पादनमा विशेष दक्षता राख्छ । पुलुको उत्कृष्ट तथा मसिनो प्रकार मानिने जेटर भेडाको घाँटी र ढाडको नरम ऊनबाट तयार गरिन्छ । सामान्य पुलुमा प्रयोग हुने ऊनको तुलनामा जेटरका लागि प्रयोग हुने मसिनो ऊनबाट धागो कात्न कठिन हुने पासाङले बताए ।

उनका अनुसार जेटर सामान्य पुलुभन्दा हलुका, नरम र कोमल हुन्छ । मिङ वंशको शासनकालमा यसलाई तिब्बतबाट चिनियाँ शाही दरबारमा उपहार वा सम्मानस्वरूप पठाउने गरिन्थ्यो ।

आफ्ना आमाबुबाबाट बुनाइ सीप सिकेका पासाङका अनुसार आफूले यो सीप सिक्ने समयमा जेटर बुन्न जान्ने मानिसको सङ्ख्या १० भन्दा कम थियो । उक्त परम्परागत सीपलाई चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिइएको र नयाँ पुस्ताले यसको संरक्षण गर्ने उनको विश्वास छ ।

जेटर उत्पादनमा प्रयोग हुने ऊन समुद्री सतहबाट करिब तीन हजार ७०० मिटर उचाइमा रहेको शान्नान क्षेत्रमा पालिएका भेडाबाट प्राप्त गरिन्छ ।

सहकारीको कार्यशालामा तिब्बतका सातौँ शताब्दीका राजा सोङत्सेन गम्पो र चिनियाँ राजकुमारी वेनचेङका मूर्ति पनि राखिएका छन् । 

स्थानीय परम्पराअनुसार, राजकुमारी वेनचेङले राजासँग विवाह गरेपछि तिब्बतमा बुनाइ प्रविधि भित्र्याएको र त्यसपछि यस कलाको विकास भएको मानिन्छ ।

सहकारीको शोरुममा पुलु र जेटरबाट निर्मित स्कार्फ, सल, ज्याकेट, झोलालगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । पासाङका अनुसार चीनका अन्य क्षेत्रबाट पनि ग्राहक आउने गरे पनि उत्पादनको मुख्य बजार तिब्बतमै रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १२ : ५५ बजे

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

लक्ष्मीपूजाको दिन किनमेलको चटारो, कति छ फूलमालाको मूल्य ?

काठमाडौं– नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पूजाको दिन आज

तिहारमा गौमाता र लक्ष्मीपूजा गर्ने परम्पराको रहस्य के हो ?

काठमाडौँ– नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन गाई

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले