सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ? « Khabarhub

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम फेरिनुपर्ने बताएपछि विरोध सुरू भएको छ।

आइतबार गुड गभर्नेन्स प्रोटेक्सन फोरमले ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ कार्यक्रमलाई सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका ढकालले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम अब उपयुक्त नहुने जिकिर गरे ।

ढकालले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने तर्क पनि दिए । ‘परिवर्तनपछि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला’, उनले भने, ‘हामीसँग सिंह नै छैन, त्यसको नामचाहिँ सिंहदरबार नै छ । र, त्यसको केही हाउभाउ, भावभङ्गी त्यही भाषा जस्तै छ । त्यो चिर्नुपर्ने रहेछ हामीले ।’

मुलुकको वर्तमान अवस्था र सुशासनबारे बोल्ने क्रममा ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने तर्क गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई साथ दिँदै यस्तो बताएका हुन्।

उनले सम्बोधनका क्रममा अहिलेको आवश्यकता एक अर्कालाई दोष लगाउनुभन्दा नागरिकमा आशा र विश्वास जगाउने बहस-पैरवी आवश्यक रहेको जिकिर पनि गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति फेसबुकमा लेखेको कुरालाई पनि उनले खुलेर समर्थन जनाएका छन् । ‘प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे ! एक्लै होइन, हाम्रो यो कार्यकालमा सबैभन्दा ठूलो चिज विश्वास जगाउनु पर्नेछ’, उनी तर्कसहित भन्छन्, ‘एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन । एकैचोटी सुशासन आउँदैन ।’

प्रतिक्रिया

ढकालले सिंहदरबारको नाम अब अनामनगर राख्नुपर्ने बताएपछि विरोध पनि सुरू भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठ ढकाललाई कडा जवाफ दिएका छन्।

उनले ढकाललाई उपबुज्रुकको संज्ञा दिँदै उनकै नाम गोबर राखे हुन्न ? भनेर प्रश्न पनि गरेका छन् । ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्’, उनले कढडा टिप्पणीसहित भनेका छन्, ‘जसको मनमा हरि नै छैन, उसको नामचाहिँ हरि ! गोबर नाम राखे हुन्न ?’

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ३० बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु