गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’ « Khabarhub

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमण तथा पार्टीभित्रबाट आएको आलोचना सम्झिएका छन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले सामाजिक सञ्जाल बन्द नगर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेको समयदेखि भदौ २३ र २४ गते भएका घटनासम्मको प्रसंग उठाए।

उनले आफूहरू भदौ २२ गते रातिसम्म बसेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेको स्मरण गरे। त्यसको भोलिपल्ट भदौ २३ गते दुःखद घटना भएको र आफूहरूले गृहमन्त्रीलाई राजीनामा गराएको तथा सरकारबाट अलग हुनुपर्ने धारणा राखेको उनले बताए।

त्यसपछि भदौ २४ गते आफूहरूको परिवारलाई घरभित्रै थुनेर आगो लगाइएको थापाले दाबी गरे। ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्र थुनेर आगो लगाइयो,’ उनले भने।

त्यस घटनापछि आफ्नै पार्टीका केही नेताकार्यकर्ताले आफूविरुद्ध प्रयोग गरेका शब्द र गरेको निन्दा पनि आफूले नबिर्सिएको थापाले बताए। तर, आलोचना र विरोधका बीच पनि आफूलाई माया गर्ने र साथ दिने कांग्रेस कार्यकर्ता टोलदेखि तल्लो तहसम्म रहेको उनको भनाइ थियो।

थापाले अब कांग्रेसलाई संस्थापक नेताहरूले निर्माण गरेको जस्तै बलियो पार्टी बनाउने दाबी गरे। ‘कांग्रेसलाई संस्थापकले जस्तै बलियो बनाउन सक्छु भनिरहेको छु,’ उनले भने।

यसका लागि केही समय लाग्ने स्वीकार गर्दै थापाले पार्टी सम्हालेर महाधिवेशन सम्पन्न गर्ने र पार्टीको न्यायिक तथा कानुनी लडाइँसमेत अघि बढाउने बताए। ‘पार्टीलाई पुरानै शाखसहितको बनाउँछौँ,’ उनले भने।

थापाको यो अभिव्यक्ति विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन, अदालतमा अड्किएको विवाद र आगामी पन्ध्रौँ महाधिवेशनको तयारीबीच आएको हो।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका