धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा « Khabarhub

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ । 

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार उक्त अवधिमा विद्यालय भवन, सडक, नाला, कल्भर्ट, सामुदायिक भवनलगायत संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुधिर साहका अनुसार तीन जिल्लामा १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । 

तीमध्ये सर्लाहीमा सात तथा धनुषा र महोत्तरीमा एक/एक वटा विद्यालय भवन निर्माण भएका हुन् । त्यसैगरी, धनुषा, महोत्तरी र सर्लाहीमा एक/एक वटा सामुदायिक भवन निर्माण भएका छन् ।

महोत्तरीमा एउटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ भने महोत्तरीमा एउटा र सर्लाहीमा दुई वटा आपतकालीन आश्रयस्थल (इमर्जेन्सी सेल्टर) निर्माण गरिएको सूचना अधिकारी साहले जानकारी दिए । सडक पूर्वाधारतर्फ सबैभन्दा बढी प्रगति महोत्तरी जिल्लामा देखिएको छ । 

सडकको आधारभूत तह निर्माणतर्फ धनुषामा २३ हजार १८६ मिटर, महोत्तरीमा आठ हजार ७४७ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ । त्यस्तै, धनुषामा तीन हजार ५९० मिटर, महोत्तरीमा आठ हजार ५८३ मिटर र सर्लाहीमा चार हजार २८ मिटर कालोपत्र सडक निर्माण भएको कार्यालयले जनाएको छ ।

सडक ढलानतर्फ धनुषामा ३३९ मिटर, महोत्तरीमा एक हजार ३४७ मिटर र सर्लाहीमा एक हजार ४११ मिटर निर्माण भएको छ । नाला निर्माणतर्फ धनुषामा पाँच हजार ३०५ मिटर, महोत्तरीमा एक हजार ५९० मिटर र सर्लाहीमा ४१० मिटर काम सम्पन्न भएको छ ।

‘कम्पाउन्ड वाल’ निर्माणतर्फ धनुषामा १३४ मिटर, महोत्तरीमा १६६ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ । महोत्तरीमा १९६ मिटर इन्टरलक रोड ( ब्लक छापिएको बाटो) सम्पन्न भएको छ भने धनुषामा १५० मिटर पोखरीघाट निर्माण गरिएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

धनुषा र सर्लाहीमा दुई/दुई वटा तथा महोत्तरीमा एउटा कल्भर्ट निर्माण भएका छन् । भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद सिंहले निरन्तर अनुगमन तथा समयमै बजेट कार्यान्वयन गरिएकाले अधिकांश कार्य निर्धारित समयमा सम्पन्न भएका बताए । उनका अनुसार बाँकी काम पनि तोकिएको समयभित्र सम्पन्न गर्ने योजनाका साथ अघि बढाइएको छ ।

सडक, नाला, कल्भर्ट तथा सार्वजनिक भवन निर्माण समयमै सम्पन्न हुँदा आवागमन, शिक्षा, स्वास्थ्य तथा सामुदायिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ३२ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत