सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने « Khabarhub

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरे‍का छन् । 

मुख्यमन्त्री आचार्यले आज सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । 

सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उनले बताए । 

उनले अस्थायी बाँध निर्माणका लागि आवश्यकपर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गरे । 

सो अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । 

सुस्तामा नदीको कटानबाट जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएका सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ४७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग