विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा भएकाले त्यसलाई सहिष्णुता र सामाजिक सद्भावका रुपमा बचाइराख्नुपर्ने बताएका छन् । 

बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालयद्वारा आज काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक पहिचानका रुपमा रहेको भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई विभिन्न जातका फूलबारीका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । 
 
काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले आदिवासी जनजातिलाई सामुदायिक विकासका रुपमा अघि बढाउनुपर्ने बताइन् । आदिवासी जनजातिको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा काम गरिनुपर्ने उनको भनाइ थियो । 
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आदिवासीका विषयलाई अन्तराष्ट्रीयकरण गर्नुपर्ने बताए । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेश आलेमगरले आदिवासी जनजातिको हितका लागि काम गर्ने उद्देश्यले स्थापित महासङ्घले सीमान्तकृत आदिवासी जनजातिका विषय उठाउँदै आएको बताए ।

महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धिलाई नेपालले हस्ताक्षर गरेको १९ वर्ष पूरा भए पनि अझै नेपालले कानुन नबनाएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ५१ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग