बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि « Khabarhub

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ ।

सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन् । 

विगत केही वर्ष अगाडिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग र ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा नगरपालिकाका सबै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको भौगोलिक सूचना प्रणाली प्रविधिमा आधारित विद्यालय नक्साङ्कन तथा विद्यालयगत शैक्षिक सूचनाहरु व्यवस्थित गर्ने कार्य जारी रहेको थियो । ती वडाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालन गर्ने तरिकासम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माणमात्र प्रमुख कुरा नभई यसको उपयोगिता धेरै महत्त्वपूर्ण भएकाले अब सम्बन्धित वडा विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गरे । 

नगरका  शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले यस प्रविपिधमार्फत देशविदेशको जुनसुकै स्थानबाट सम्पूर्ण वडाहरूभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको दूरी तथा विद्यालयसम्बन्धी विवरण हेर्न र बुझ्न सकिने जानकारी दिए ।

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले यो कार्य शिक्षा क्षेत्रका लागि एउटा नवीन तथा उपलब्धिमूलक हुने भएकाले यस साझेदारी नमूना सावित हुने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ११ : १९ बजे

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि