माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम « Khabarhub

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो ।

माटोमा नाइट्रोजन तथा फस्फोरसको मात्रा न्यून वा मध्यम रहेको छ । परीक्षण गरिएका नमूनामध्ये २०५ वटामा नाइट्रोजनको मात्रा न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको छ । 
    
त्यस्तै, फस्फोरस ११ वटामा न्यून, ३०३ वटामा मध्यम र छ वटामा उच्च रहेको कृषि विकास कार्यालयका प्रमुख कुमार पुनले जानकारी दिए । पोटासियमतर्फ ८० नमूनामा मात्रा न्यून, २१७ वटामा मध्यम र २३ वटामा उच्च रहेको उनले बताए ।
    
माटोको अम्लीयपन (पीएच) परीक्षण गर्दा ६२ प्रतिशत माटो अम्लीय, ३७ प्रतिशत तटस्थ र एक प्रतिशत क्षारीय रहेको पाइएको छ । 

माटोको अम्लीयपन बढ्दै गएकाले कृषि उत्पादन वृद्धि गर्न माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार चुन तथा पोषक तत्त्वको प्रयोग गर्नुपर्ने देखिएको छ ।

कृषि विकास कार्यालयले जैमिनी नगरपालिका–२, काठेखोला गाउँपालिका–९ र बागलुङ नगरपालिका–८ मा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । कृषि विकास कार्यालयका प्रमुख कुमार पुनका अनुसार असन्तुलित मल प्रयोगका कारण माटो बिग्रिँदै गएको छ । 
    
पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घटेकाले माटोमा अम्लीयपन बढेको उनको भनाइ छ । माटोमा बढेको अम्लीयपन र क्षारीयपनलाई तटस्थ बनाउन प्राङ्गारिक तथा हरियो मलको प्रयोग र कोसेबाली लगाउन आवश्यक रहेको उनले बताए ।

युरिया मलको बढ्दो प्रयोगले माटोको अवस्था बिगार्न सक्ने भएकाले नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त मल सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

माटोमा अम्लीयपन बढ्दा उर्वराशक्तिमा ह्रास आउने परीक्षणबाट देखिएको छ । माटो परीक्षणमा पीएच एकदेखि १४ सम्म हुने र सातलाई तटस्थ मानिने कृषि प्राविधिकले बताएका छन् । पीएच सातभन्दा कम भए अम्लीय र त्यसभन्दा बढी भए क्षारीय मानिन्छ । 

धानखेतीका लागि करिब छ पीएचसम्मको माटो उपयुक्त मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल तथा विषादी प्रयोग गर्दा माटोमा अम्लीयपन बढेको कृषि प्राविधिकको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु