सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ? « Khabarhub

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले जेन-जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गरेकी हुन् ।

उनले जेन-जी सहिद स्मृति दिवसमा प्रधानमन्त्रीलाई आउन आग्रह गर्दा बल्ल बेलुकी ७ बजे मात्र एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस आएको बताइन् । उनले सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार ? भन्दै प्रश्न गरिन् ।

त्यस्तै उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? भन्दै अर्को प्रश्न समेत गरेकी थिइन्। 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : २८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले