रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ? « Khabarhub

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकै एकजना सांसदले वालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद मधुकुमार चौलागाईंले बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सरकारविरुद्ध खनिएका हुन् ।

‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ’, उनले भने, ‘तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ ?’

उनले काठमाडौंको नयाँबानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित जेन-जीहरूको आन्दोलनको स्मृति कार्यक्रमबारे पन प्रश्न उठाए ।

‘गत वर्ष बलिदानी गरेका जेन-जीहरूको सम्झनामा हिजो कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा जेन-जीहरूको भावनाविपरीत गएर किन गरियो ? त्यहाँ विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो ? त्यसबारे जवाफ दिनुपर्छ।’

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु