बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ « Khabarhub

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेपछि बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले आलोचना गरेका छन् । 

इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी साता युरोपेली संसद्मा नाबालिगको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी गरेकी हुन् ।

इयुले १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने वा १५ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध लगाउने विकल्पमाथि विचार गरिरहेको छ । 

फ्रान्सले १५ वर्षको उमेर सीमा प्रस्ताव गरेको छ भने विशेषज्ञ समूहले १३ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध सिफारिस गरेको छ । अस्ट्रेलियाले गत डिसेम्बरमा किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि बेलायतलगायत अन्य मुलुकले पनि यस्तै व्यवस्था गर्ने तयारी गरेका छन् ।

सामाजिक सञ्जालका आलोचकले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै गएको बताएका छन् । तर बाल अधिकार समूहले प्रतिबन्धले अभिव्यक्ति, सूचना प्राप्त गर्ने अधिकार र सामाजिक सम्बन्धमा असर पार्ने चेतावनी दिएका छन् । एक सय ३२ संस्था तथा विज्ञले पूर्ण प्रतिबन्धको सट्टा ठूला प्रविधि कम्पनीलाई प्लेटफर्म सुरक्षित बनाउन बाध्य पार्न इयुलाई आग्रह गरेका छन् ।

एस्टोनियाकी डिजिटल मन्त्री लिसा–ली पाकोस्टाले पनि प्लेटफर्मलाई सुरक्षित बनाउनुपर्ने बताइन् । इयुले डिजिटल सेवा ऐनमार्फत फेसबुक, इन्स्टाग्राम र टिकटकका बालबालिकालाई लक्षित तथा लत लाग्ने डिजाइनमा सुधार गर्न दबाब दिँदै आएको छ ।

इयुले उमेर प्रमाणीकरणका लागि छुट्टै एप तयार गरिरहेको छ । उक्त प्रणालीले प्रयोगकर्ताको नाम वा जन्ममिति संकलन नगरी तोकिएको उमेर पुगे–नपुगेको मात्र पुष्टि गर्ने ‘शून्य–ज्ञान प्रमाण’ प्रविधि प्रयोग गर्ने जनाएको छ ।

तर डिजिटल अधिकार समूहले यसबाट गोपनीयता प्रभावित हुन सक्ने बताएका छन् । विज्ञहरूले एपको प्रारम्भिक नमूनामा सुरक्षा कमजोरी देखाएका छन् भने सुरक्षा सल्लाहकार पल मुरले उक्त प्रणाली पार गर्न सफल भएको दाबी गरेका गरे ।

सामाजिक सञ्जाल प्लेटफर्मलाई इयुको एप नै प्रयोग गर्नुपर्ने बाध्यता छैन । तर वैकल्पिक प्रणाली प्रयोग गरे पनि उमेर प्रमाणीकरण र बाल सुरक्षा प्रभावकारी रहेको प्रमाणित गर्नुपर्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ३ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु