सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ « Khabarhub

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनः स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् 

राष्ट्रपति पौडेलले भौगोलिक विकटतालाई ध्यानमा राख्दै सडक यातायात सञ्चालनमा नेपालको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिए।

उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने विषयमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने सुझावसमेत दिए ।

राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै सडक यातायात सञ्चालन तथा बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरे ।

बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था र बाढीबाट पुगेको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले प्रभावित नागरिकको बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्न पनि सरकारलाई आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए।

छलफलका क्रममा मन्त्रीद्वयले दसैंअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यका साथ दिनरात काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराए । बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा तथा क्याप्सुल होम निर्माणको काम पनि तीव्र गतिमा भइरहेको उनीहरूले बताए ।

मन्त्रीहरूले वैकल्पिक सडक निर्माण कार्यलाई सरकारले तीव्रता दिएको तथा लामो बेलिब्रिज निर्माणका लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको जानकारी पनि राष्ट्रपति पौडेललाई गराए। 

आवश्यक सामग्री आउने क्रममा रहेको र बाढीपछिको पुनर्निर्माण तथा पुनः स्थापनाका अन्य योजना पनि सरकारले अघि बढाइरहेको मन्त्रीहरूले बताएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ३ : ५४ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट