मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके « Khabarhub

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरूलाई सुझाव दिएका छन् । 

बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले ‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिएका हुन् । 

उनले मंगलबार जेन-जी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरे । 

प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र ‘एक्लै संसार बोकेर हिँड्ने’ अहङ्कारी शैली देखाएको उनको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्विकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताए । 

उनले गत वर्ष युवाहरूमाथि गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गरे । जेन-जी आन्दोलनमा भू–राजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उनले बताए । 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु