वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’ « Khabarhub

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई ‘खराने ग्याङ’को संज्ञा दिएकी छन्।

बुधबार ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक गर्ने क्रममा शाक्यले वर्तमान सरकारले ओलीमाथि प्रतिशोध साधिरहेको आरोप लगाइन्।

उनले सरकारले ओलीको सुरक्षा कटौती गरेको, विभिन्न आरोप लगाउँदै दुःख दिएको तथा पक्राउको हल्ला चलाएर मानसिक दबाब सिर्जना गरेको दाबी गरिन्।

शाक्यले भनिन्, ‘खराने ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविक नै हो। किनभने उनीहरूलाई अपमान गर्न मात्रै आउँछ। त्यही भएर खराने ग्याङले धेरै वर्ष पहिलेदेखि केपी शर्मा ओलीलाई दिइरहेको सुरक्षा कटौती गरेको छ। अहिले केही मात्रै सुरक्षाकर्मी रहनुभएको छ।’

उनले आफूहरू अझै पनि देशको सेवा गर्ने उद्देश्यले बाँचिरहेको भन्दै अनेकौँ आरोप र लाञ्छना लगाउने काम नरोकिएको बताइन्।

‘अझै पनि श्वास रहेसम्म यो देशको सेवा गरौँला भनेर बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छाडेका छैनन्,’ उनले भनिन्, ‘देशले भोगेको भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिमा हामी कति मर्माहत छौँ भन्ने ती मानवताविहीनलाई के थाहा? यसमा पनि केपी ओलीलाई अनेक आरोप लगाइरहेका छन्। यिनीहरूलाई जेजे मन लाग्छ भनिरहुन्। हामी हाम्रो कर्तव्यपथबाट कहिल्यै पछि हट्ने छैनौँ।’

शाक्यले यो वर्ष मात्रै ‘जेन-जी नामको खराने सरकारले’ आफूहरूमाथि गरेका भनिएका अपराध र ज्यादतीबारे व्याख्या गर्न लामो समय लाग्ने बताइन्।

उनका अनुसार २०८२ असोज २ गते १० दिन सेनाको ब्यारेकमा बसेपछि आफूहरू गुन्डू पुगेका थिए। त्यसपछि पनि आफूहरूलाई त्यहाँबाट लखेट्न स्थानीय बासिन्दालाई उचाल्ने र घरबेटीलाई घर बेच्न दबाब दिने काम भएको उनले आरोप लगाइन्।

‘बरू गोली खान तयार छौँ, यहाँबाट भाग्दैनौँ किनकि हामीले कुनै कसुर गरेका छैनौँ भनेर अडान लियौँ,’ उनले भनिन्।

शाक्यले दिनरात ‘जेन-जीले घर घेर्न आउँदैछन्’ भन्ने हल्ला फैलाइएको र त्यस्तो विषम परिस्थितिमा सरकारले सुरक्षा कटौती गरेको आरोप लगाइन्। संकटका बेला आफूहरूलाई सुरक्षा दिएको भन्दै उनले देशभक्त नेपालीप्रति आभारसमेत व्यक्त गरिन्।

उनले ‘खराने ग्याङ’को सरकार आएपछि ओलीलाई उपत्यकाबाहिर जान रोक लगाइएको र विदेश जान सक्ने आशंकामा राहदानी रोक्काको हल्ला चलाइएको दाबी गरिन्।

त्यस्तै, गौरीबहादुर कार्की नेतृत्वको आयोगको नाममा दिनरात ओलीलाई गिरफ्तार गर्ने हल्ला चलाइएको उनको आरोप थियो।

तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते चुनाव गराएर ‘खराने ग्याङ’लाई मान्यता दिएको आरोप लगाउँदै उनले ओलीलाई स्थान हदको निर्णयसमेत गरिएको बताइन्।

‘हामीले पटकपटक अपमानजनक व्यवहार खेप्यौँ। फागुन २१ को चुनावपछि टीओबी ग्याङ र खराने ग्याङ मिलेर बनेको सरकारको पहिलो निर्णय नै केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने थियो,’ शाक्यले भनिन्।

गृहमन्त्रीका रूपमा सुधन गुरुङ आएपछि ओलीलाई गिरफ्तार गरिने आफूले अनुमान गरेको बताउँदै उनले त्यसपछि ओली र रमेश लेखकलाई गिरफ्तार गरेर सरकारले प्रतिशोधको बाटो रोजेको आरोप लगाइन्।

शाक्यले ओलीलाई पक्राउ गरेपछि आफूहरू अस्पतालमा रहेका बेला घर खानतलासीको हल्लासमेत फैलाइएको बताइन्। घरमा बाहिरबाट अवैध सामान ल्याएर राखी पछि त्यही सामान भेटिएको हल्ला फैलाउन सक्ने आशंका भएकाले आफूले घरभित्र प्रवेश गर्नुअघि सुरक्षाकर्मीको ज्याकेट, झोलालगायत सामान जाँच गर्नुपर्ने अडान लिएको उनको भनाइ थियो।

‘केपी शर्मा ओलीलाई चैत १४ गते गिरफ्तार गरेपछि २१/२२ दिन अस्पतालमा बित्यो। अहिले पनि खराने ग्याङ धरपकड गर्न खोजिरहेको छ,’ उनले भनिन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु