जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन « Khabarhub

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आठ महिनामै आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।

दलका प्रमुख जुन्या ओगावाले बुधबार पत्रकार सम्मेलनमार्फत राजनीतिक गतिविधि बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बाँकी आर्थिक दायित्व चुक्ता गरेपछि दल औपचारिक रूपमा विघटन हुनेछ ।

ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध बलियो र एकीकृत राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले गत जनवरीमा सेन्ट्रिस्ट रिफर्म एलायन्स गठन गरिएको थियो । यो दल एलडीपीका पूर्व गठबन्धन साझेदार कोमेइतो र कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे)का समूहबीचको एकताबाट बनेको थियो ।

तर फेब्रुअरीमा भएको आमनिर्वाचनमा नयाँ गठबन्धनले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेन । ४६५ सदस्यीय तल्लो सदनमा उसले ४९ सिट मात्र जितेको थियो । निर्वाचनमा पुनः उम्मेदवार बनेका उसका १०० भन्दा बढी बहालवाला सांसदसमेत पराजित भएका थिए ।

यसको विपरीत, एलडीपीले १०० भन्दा बढी सिट थप्दै तल्लो सदनमा कुल ३१६ सिट जितेको थियो । निर्वाचन परिणामपछि मध्यमार्गी गठबन्धनका केही सांसद पुराना दलमा फर्कने वा नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेको बताइएको छ ।

दल औपचारिक रूपमा विघटन भए पनि त्यसका सदस्यहरूले तल्लो सदनमा छुट्टै संसदीय समूह गठन गरी एलडीपीको बलियो विकल्प निर्माणका लागि राजनीतिक प्रयास जारी राख्ने ओगावाले बताए।

यसैबीच, बौद्ध संस्थाको समर्थन प्राप्त शान्तिवादी दल कोमेइतोले गत वर्ष अक्टोबरमा एलडीपीसँगको २६ वर्ष लामो गठबन्धन अन्त्य गरेको थियो । राजनीतिक चन्दासम्बन्धी विवादपछि चन्दा सङ्कलनका नियम कडा बनाउन एलडीपीले अस्वीकार गरेको भन्दै कोमेइतो गठबन्धनबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : ४३ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम