रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध « Khabarhub

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ ठूलो सुख्खा पहिरो खसेको हो । नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।

पहिरोका कारण काठमाडौं, नुवाकोट हुँदै रसुवा सदरमुकाम धुन्चे जाने तथा धुन्चेबाट फर्कने यात्रु बाटोमै अलपत्र परेका छन् । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधन तथा टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन् ।

पहिरो पन्छाउन दुई वटा डोजर पुगेका छन् र सडक खुलाउने प्रयास भइरहेको छ ।

तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ६ : ५१ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली