पाकिस्तानको पञ्जाब प्रान्तमा मन्दिर भत्किएपछि अल्पसङ्ख्यक समुदाय चिन्तित « Khabarhub

पाकिस्तानको पञ्जाब प्रान्तमा मन्दिर भत्किएपछि अल्पसङ्ख्यक समुदाय चिन्तित


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा शताब्दी पुरानो हिन्दू मन्दिर भत्किएको घटनाले त्यहाँका अल्पसङ्ख्यक समुदाय चिन्तित बनेका छन् । पञ्जाबस्थित नरोवाल जिल्लाको सिराज गाउँमा रहेको एक शताब्दीभन्दा पुरानो हिन्दू मन्दिर अगस्ट २१ मा भत्किएको हो । घटनापछि त्यहाँका अल्पसंख्यक समुदायमा नयाँ अनिश्चितता ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अल्पसंख्यक अधिकारवादी संस्था पाकिस्तान मसीहा मिल्लत पार्टीले छेउको मदरसा विस्तार गर्न मन्दिर जानाजान भत्काइएको आरोप लगाएको छ । जबकि हिन्दू र शिख सम्पत्ति व्यवस्थापन गर्ने पाकिस्तानको इभ्याक्वी ट्रस्ट प्रोपर्टी बोर्ड (ईटीपीबी) ले हालैको भारी वर्षाका कारण संरचना भत्किएको दाबी गरेको छ । पञ्जाब सरकारले पनि ईटीपीबीको भनाइलाई समर्थन गर्दै मौसमी क्षतिका कारण मन्दिरको केही भाग भत्किएको र त्यसलाई पुनर्निर्माण गरिने बताएको छ ।

पीएमएमपीका अध्यक्ष असलम परवेज साहोत्राका अनुसार उनी र स्थानीयवासीहरूले अगस्ट २८ मा पञ्जाब अतिरिक्त गृह सचिवलाई भेटेर भत्काउनेहरू र मन्दिर संरक्षणमा असफल भएका अधिकारीहरूविरुद्ध कारबाहीको माग गर्दै लिखित निवेदन बुझाएका थिए । उनले मन्दिरको जग्गामा अवैध रूपमा कब्जा गर्नेहरूलाई पहिचान गर्ने राजस्व विभागको प्रतिवेदन र जनवरी २९, २०२६ मा सियालकोटस्थित ईटीपीबी उपप्रशासकले मदरसाको भाडा सम्झौता रद्द गर्दै अवैध कब्जाधारीलाई हटाउन र सम्पत्ति सिल गर्न दिएको आदेशको उल्लेख गरे ।

तर उक्त आदेश कहिल्यै कार्यान्वयन नभएको उनको भनाइ छ । पीएमएमपीले मन्दिरका इँटा, गजुरमा रहेका धातुका सामग्री लगायत विभिन्न वस्तुहरू क्रमशः निकालेर संरचना भत्काइएको आरोप लगाउँदै यी सामग्री हराउनुले भत्किएको भनिएको कुरालाई पुष्टि नगर्ने बताएको छ । मन्दिरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्न तथा हिन्दू मन्दिर, सिख गुरुद्वारा र क्रिस्चियन चर्चहरूको सुरक्षा थप मजबुत बनाउन पनि माग गरिएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले भारतीय परराष्ट्र मन्त्रालयको दाबीलाई झुटो र राजनीतिक उद्देश्यप्रेरित भन्दै अस्वीकार गरेको छ । मन्दिर जुलाई २१ मा भारी वर्षाका कारण क्षतिग्रस्त भएको र पुनर्निर्माण कार्य सुरु भइसकेको जनाएको छ ।

यसैबीच जुन महिनामा फारुकाबादस्थित १२५ वर्ष पुरानो गुरुद्वारा श्री गुरु सिंह सभा साहिबको केही भाग पनि अदालतको स्वीकृतिबिनै भत्काइएपछि सिख समुदायले सडकमा उत्रेर विरोध जनाएका थिए, जसले नरोवाल घटनालाई हेर्ने सन्दर्भ थप जटिल बनाएको छ। सिराज गाउँको अवस्था अझै अस्पष्ट रहेको र अधिकारीहरूले वाचा गरेको पुनर्निर्माणले भौतिक क्षतिलाई त सम्बोधन गर्न सक्ला, तर अल्पसंख्यक सम्पदा संरक्षणसम्बन्धी चिन्ता भने यथावत् रहने देखिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : ०४ बजे

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी