पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, भने घाइते १४ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएकाहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेका आफन्त अस्पताल परिसरमा भेला भएका छन् ।
दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलिसकेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् । अर्की मृतक अन्दाजी १५ वर्षीया किशोरीको पहिचान खुल्न बाँकी रहेको छ ।
तस्बिर : प्रवेश पोखरेल/नेपाल फोटो लाइब्रेरी





















प्रतिक्रिया